रक्तदान कार्यक्रम
नव वर्ष २०८३ को उपलक्ष्यको साथै समाजसेवी तथा यस संस्थाका अध्यक्ष स्व . बिपिन राई (विजय ) को स्मृतिमा उहाकै गृह क्षेत्र ललितपुर महानगरपालिका वडा न. २८ हातीबन खरिबोटमा रक्तदान कार्यक्रम संचालन गरियो । कार्यक्रममा स्व . बिपिन राईका धर्म पत्नी तथा कार्यक्रमका प्रमुख अतिथि निलम थापा राई ज्युले रक्तदान गरि शुभारम्भ गर्नु भयो । उक्त कार्यक्रम संचालन गर्न श्री बद्रि प्रसाद पोखरेल , श्री निर्मल कुमार प्रधानांग र श्री निलम थापा राई ज्युले आर्थिक सहयोग गर्नु भएको थियो ।












सम्पुर्ण स्वयमसेबि रक्तदाताहरू र कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने महानुभाबहरूलाई धेरै धेरै धन्यवाद